• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

संविधान संसोधन गरेर समस्याको समाधान खोज्नुपर्छः कोइराला

संविधान संसोधन गरेर समस्याको समाधान खोज्नुपर्छः कोइराला

दिपेन्द्र यादव

इनरुवा, १३ कार्तिक । नेपाली काग्रेंसका महामन्त्री शशांक कोईरालाले संविधान संसोधन गरेर हालको सम्पूर्ण समस्याको सामाधान खोज्नुपर्ने बताएका छन् ।
सुनसरी सदरमुकाम इनरुवामा काग्रेंसले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन आएका कोईरालाले प्रेस युनियनले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । महामन्त्री कोईरालाले मधेसको माग सम्बोधन नगरी संविधानको पूर्ण कार्यान्वयनमा समेत चुनौती रहेकाले सबै दल मिलेर संविधान संसोधन गरी अगाडि बढ्नुको बिकल्प नरहेको समेत बताए ।
प्रमुख तीन दल मिलेर मात्रै दुई तिहाई बहुमत पुग्ने भएकाले सबैको स्वीकार्य हुने गरी संविधान संशोधन गर्नुृपर्ने तर्क गरे । उनले संविधानलाई सबैको अपनत्व हुने गरी संसोधन नगरे संविधान कार्यान्वयन जटिल हुने र भएको उपलब्धिहरु समेत गुम्ने खतरा रहेको बताए ।
नेता कोइरालाले प्रान्तीय संख्या बढाएर वा हालकै ७ प्रदेशलाई कायम राखी सीमाङकन हेरफेर गर्नुपर्ने अवस्थाका विषयमा समेत पार्टीभित्र छलफल भईरहेको जानकारी दिए । कोइरालाले २०७४ माघ भित्र ३ वटै तहका चुनाव गर्नकालागि सम्भव रहेको दावी गर्दै त्यसकालागि राजनीतिक ईमान्दारिता र ईच्छाशक्तिको आवश्यकता रहेको उल्लेख गरे । संविधान संसोधनका कुरा ठूला तथा विकशित मुलुकले समेत गरेको चर्चा गर्दै नेपालको संविधान पनि संसोधन गर्न सकिने उल्लेख गरे । त्यसकालागि नेपाली काङ्ग्रेसले छठ पर्वपछि प्रत्येक जिल्लामा केन्द्रीय सदस्यहरु खटाएर जनताको मत बुझ्ने र के के ? कुरामा संसोधन गर्न आवश्यक रहेको सुझाव आउछ ? त्यसै अनुसारको संसोधन गर्ने बताए ।
फरक प्रसङ्गमा नेता कोइरालाले अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि लगाईएको महाअभियोगको अध्ययन नगरी काङ्ग्रेसले तत्काल कुनै निर्णय नगर्ने बताए । उनले अदालतमा बिचाराधिन रहेको मुद्दा र प्रतिपक्षीसँग मिलेर नेकपा माओवादी केन्द्रले महाअभियोग प्रस्ताव ल्याएको कारण आफूहरुले त्यसमा अध्ययन नगरी प्रस्तावको पक्ष वा विपक्षमा नजाने प्रष्ट पारे । कोइरालाले हिन्दुराज्यको वकालत गर्दै आएको भएपनि यस कार्यक्रममा भने आफू धर्मसापेक्ष र निरपेक्ष नभई स्वतन्त्र हुनुपर्ने पक्षमा रहेको बताए ।