सुनसरी, ११ कार्तिक । सुनसरीको इटहरी–५ बाट बुधबार अवैध सुनसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी धरान–११ बस्ने २८ बर्षिय सुनिल विश्वकर्मा रहेका छन् । विश्वकर्मालाई इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले को२५प ३६७ नम्बरको मोटरसाइकलमा धरान जादै गर्दा ११ किलोको दुईवटा बिस्कुटसहित बेलुका ७ बजे पक्राउ गरेको हो ।
पक्राउ परेका विश्वकर्मालाई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान भइरहेको छ ।