सोलुखुम्बु, ११ कार्तिक । सोलुखोम्बुको दुधकुण्ड नगरपालिका–६ स्थित सोलु खोलामा माछा मार्ने क्रममा खोलाले बगाएर मंगलबार एक पुरुष बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा ओखलढुंगा भुसुने घर भइ जिल्ला विकास समिति सोलुखुम्बुका कार्यालय सहयोगी ३० बर्षिय छिरीङ शेर्पा रहेका छन् । उनलाई दिउँसो २ बजेतिर माछा मार्ने क्रममा उक्त खोलाले बगाएको थियो । घटनाबारे बुधबार मात्र अस्थायी प्रहरी पोष्ट दोर्पुमा जानकारी प्राप्त भएपछि प्रहरीको टोली खटिगई खोजीकार्य भइरहेको उक्त कार्यालयले जनाएको छ ।