• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

गिद्ध संरक्षण गर्न सप्तरी पशु डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा

गिद्ध संरक्षण गर्न सप्तरी पशु डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा

राजविराज, १० कार्तिक । लोपोन्मुख अवस्थामा रहेको गिद्ध चराको संरक्षण गर्ने उद्देश्यकासाथ बुधवार राजविराजमा आयोजित एक समारोहका बीच पशु डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा गरिएको छ ।
डाइक्लोफेनेक ईन्जेक्सन प्रयोग गरिएका पशुको सिनो खाँदा गिद्धहरु मर्ने गरेकोले उक्त ईन्जेक्सनमुक्त जिल्ला घोषणा गरिएको हो । जिल्ला पशु सेवा कार्यालय र पञ्छी संरक्षण संघले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले घोषणापत्र हस्ताक्षर गरेका छन् ।gidha
गिद्धबारे सचेतना तथा पशु डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा कार्यक्रममा जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. काशीनाथ यादवले ईन्जेक्सनको प्रयोगबाट पशुमा हुने हानी तथा गिद्धमा पार्ने प्रभावबारे जानकारी दिए । कार्यक्रममा सहभागी भेटनरी औषधी व्यवसाय, पशु चिकित्सक लगायतलाई उक्त ईन्जेक्सनको विकल्प समेत आईसकेकोले वैकल्पिक औषधी प्रयोग गर्न सुझाव दिए । गिद्ध मानव जीवनकालागि अति आवश्यक रहेको भन्दै आ–आफ्नो स्थानबाट संरक्षणमा सहयोग पुर्याउन डा. यादवले आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथि निमित प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक भीम प्रसाद ढकाल, जिल्ला वन कार्यालयका प्रमुख धीरेन्द्र प्रसाद सिंह, जिल्ला विकास समिति सप्तरीका स्थानीय विकास अधिकारी सुदेव पोखरेल, राजविराज नगरपालिकाका शाखा अधिकृत प्रफुल्ल श्रेष्ठ, नेपाल पशुपञ्छी औषधी व्यवसायी संघका अध्यक्ष रामकृष्ण दासलगायतले मन्तव्य व्यक्त गरे । पञ्छी संरक्षण संघका अधिकृत भुपाल नेपालीले गिद्ध संरक्षणबारे सहजिकरण गरे भने कार्यक्रम सञ्चालन पशु चिकित्सक चन्देश्वर मण्डलले गरे ।