• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
रामसपाको केन्द्रीय सचिवमा मण्डल

राजविराज, ९ कार्तिक । राष्ट्रिय मधेश समाजवादी पार्टीको केन्द्रीय सचिवमा सप्तरीका गजेन्द्र कुमार मण्डललाई मनोनयन गरिएको छ ।
पार्टीका महासचिव केशव झाद्वारा मंगलबार जारी प्रेस विज्ञप्ती अनुसार पार्टीको विधानको धारा को २१(२) बमोजिम मण्डललाई मनोनयन गरिएको हो । पार्टीको विधान नीति नियमको अधिनमा रही काम गर्नुहुनेछ भने विश्वासका साथ प्रेस विज्ञप्तीमा कामना गरिएको छ । केन्द्रीय सचिवमा मनोनयन भएका मण्डल यसअघि पार्टीको जिल्ला अध्यक्ष समेत रहिसकेका छन् । उनले तेश्रो मधेश आन्दोलनका क्रममा मधेशी मोर्चा सप्तरीको संयोजकको रुपमा सफलतापूर्वक नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।