• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मधेशको समस्या समाधान गर्न कांग्रेस गम्भीर छः मन्त्री जोशी

मधेशको समस्या समाधान गर्न कांग्रेस गम्भीर छः मन्त्री जोशी

राजविराज, ८ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम उद्योगमन्त्री नविन्द्रराज जोशीले मधेशको माग पुरा गराउन नेपाली कांग्रेस गम्भीर रहेको बताएका छन् ।
सप्तरीको मलहनियामा नेपाली कांग्रेस क्षेत्रनं ६ ले आयोजना गरेको पदभार ग्रहण एवम शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । नेपाली काग्रेसका तत्कालिन सभापति एवम प्रधामन्त्री सुशील कोइरालाकै नेतृत्वमा मधेशको माग सम्वोधनका लागि संशोधन प्रस्ताव अगाडि बढाएको स्मरण गर्दै उनले नेपाली कांग्रेस अहिले पनि प्रतिवद्ध रहेको बताए ।
मधेशको मागबारे मधेशवादी दलसँग छलफल जारी रहेको भन्दै मधेशको समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको मन्त्री जोशीले बताए । लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधि विहिन रहेका भन्दै राजनितिक समस्या समाधान र स्थानीय निकायको निर्वाचनलाई प्रमुख मुद्धा वनाएर कांग्रेस अघि वढिरहेको उनले प्रष्ट पारे । राजविराज स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको विकासकालागि आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नेपाली कांग्रेस क्षेत्र नं. ६ का सभापति जितेन्द्र यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला सभापति दिनेशकुमार यादव, जिविसका पुर्व सभापति विरवल विराजी, नेपाल महिला संघकी जिल्ला सभापति गीता यादव, नेविसंघका जिल्ला सभापति घनानन्द यादव, केन्द्रिय सदस्य नन्दकिशोर यादव, नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापाति ललन गुप्ता, क्षेत्र नं. ३ का सभापति महानन्द यादव, महासमिति सदस्य नारायण साहलगायतले मन्तव्य व्यक्त गरे ।