राजविराज, ८ कात्तिक । सप्तरीको तिलाठी गाउँ विकास समितिको वडा नम्वर–८ बाट चार लाख रुपैयाँसहित भारतीय नागरिकलाई सप्तरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा युपिको मेरठ जिल्ला बिसोलाका ३८ वर्षिय रजनिस कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारेका छन् ।
चौधरीको शरिर खानतलासी गर्दा साथमा लुकाईराखेको भारतीय नोट रु. ५०० दरको १ बुकमा पचास हजार रुपैयाँ दरको प्लास्टिकको रबरले बाँधिएको ८ ओटा बुकमा जम्मा चार लाख रुपैयाँ भारतीय रुपैयाँ फेला परेकोले निजलाई पक्राउ गरी बरामद गरिएको भारतिय रुपैयाँसहित आवश्यक कार्वाहीकोलागि केन्द्रीय राज्स्व कार्यालय बबरमहल काठमाण्डौं पठाइएको प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।