रौतहट, ७ कातिक । नेपाल सद्भावना पार्टीको केन्द्रीय समितिको बैठक रौतहटको सदरमुकाम गौर स्थित रामजानकी धर्मशालामा जारी रहेको छ ।
अनिल कुमार झाको अध्यक्षतामा शनिवारदेखि शुरु भएको हो । बैठकको प्रारम्भमा पार्टीको राष्ट्रिय अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव तथा महासचिवद्वारा प्रस्तुत संगठन सम्बन्धि प्रस्तावमाथि पार्टीका सदस्यहरुले आ–आफ्नो विचार राख्ने क्रम जारी रहेको छ । बैठकको पहिलो दिन पार्टीका २५ जिल्लाका जिल्ला अध्यक्षहरु तथा विभिन्न भातृसंगठनका अध्यक्षहरुले आ–आफ्नो धारणा राखिसकेको पार्टीका प्रवक्ता सांसद डिम्पल झाले जानकारी दिएका छन् । पार्टीको बैठक सोमवार बिहानसम्म चल्ने जनाईएको छ ।