• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

डा. राउतका २२ कार्यकर्ता प्रहरी नियन्त्रणमा

डा. राउतका २२ कार्यकर्ता प्रहरी नियन्त्रणमा

रबिन्द्र यादव, कार्तिक ७ नवलपरासी । नवलपरासीको रामग्राम–३ स्थित रोयल होटलबाट बिहान नौ बजेको समयमा स्वतन्त्र मधेश गठबन्धनका अभियानकर्ता एवम् समर्थकहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले स्वतन्त्र मधेस अभियानको नाममा कार्यकर्ताहरुलाई प्रशिक्षण दिइरहेको अवस्थामा २२ जनालाई पक्राउ गरेको हो । प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद चौधरीले जानकारी दिएको जानकारी अनुसार देश टुक्र्याउने आशयको पम्पलेटसहित प्रशिक्षण दिइरहेको जानकारी पाएपछि त्यस होटलमा प्रहरी टोली पुग्दा प्रहरी देख्नासाथ भाग्न खोज्दा पक्राउ गरिएको छ ।
डा. सिके राउत नेतृत्वमा रहेको सङ्गठनको प्रशिक्षणले देशमा अस्थिरता कायम हुने भन्दै पक्राउ गरिएको हुनसक्ने उनले बताए । पक्राउ पर्नेहरुमा स्वतन्त्र मधेस अभियान नवलपरासीका संयोजक मदन यादव, उपाध्यक्ष बाल गोविन्द चौधरी, स्वतन्त्र मधेस अभियान रुपन्देहीका संयोजक भुपेन्द्र यादव, दिपक शाह, कन्हैया राजभर, दिलिप यादव, रुदल हरिजन, ओमप्रकाश पासी गरि २२ जना कार्यकर्ता रहेको उनले बताए । हाल सबैलाई थप अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय नवलपरासीमा राखिएको प्रहरीले जानकारी दिएको छ ।