• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

६ बुँदे निर्णय पारित गर्दै शिक्षक मञ्चको बिस्तारित बैठक सम्पन्न

६ बुँदे निर्णय पारित गर्दै शिक्षक मञ्चको बिस्तारित बैठक सम्पन्न

राकेश साह
वीरगञ्ज, कार्तिक । शिक्षक मञ्चको राष्ट्रिय कार्य समितीको दुई दिने बिस्तारित बैठक शनिवार सम्पन्न भएको छ ।
मञ्चका राष्ट्रिय अध्यक्ष भोगेन्द्र झाको अध्यक्षतामा सम्पन्न बैठकले ६ बुँदे निर्णयसहित बिस्तारित बैठक सम्पन्न गरेको हो । कार्तिक ५ र ६ गतेसम्म चलेको बिस्तारित बैठकले संगठन बिस्तार तथा जिल्ला अधिवेशनकोलागि नयाँ सदस्यता वितरण, सदस्यता नविकरण र आउँदो मंसिर मसान्तभित्र अनिवार्य रपमा जिल्ला अधिवेश्न गर्ने निर्णय गरेको छ ।
बैठकले मञ्चको राष्ट्रिय अधिवेशन आउँदो पौष मसान्त भित्र गर्ने सैद्धान्तिक सहमती गरेको छ । अस्थायी शिक्षकहरुले काठमाडौंको माईती घर मण्डलामा जारी राखेका अनिश्चितकालनि धारणा कार्यक्रम प्रति एक्यवद्धता जारी गर्दै शिक्षकहरुले उठाएका माँगहरु अविलम्ब वार्ताद्वारा नेपाल सरकार संग जोडदार माँग गरेको छ ।
यसैगरी बैठकले मंसिर मसान्तभित्र अनिवार्य रुपमा सवै जिल्लाहरुले लेवी तिरि सक्नुपर्ने निर्णय गरेको छ । यसैगरी नेपाल शिक्षक महासंघको बिद्यानलाई परिस्कृत गर्न आवश्यक सुझाव दिन महासचिव लालबाबु यादवलाई दिने निर्णय पारित गरेको छ । यसैगरी नेपाल शिक्षक महासंघमा नेपाल शिक्षक मञ्चले प्राप्त गरेको महिला सदस्यमा संस्थाका केन्द्रिय सदस्य सरस्वती उपाध्यलाई पठाउने र अगामी बैठक पौष ८ र ९ गते नवलपरासीमा गरिने निर्णय गरेको छ ।
वीरगंज रामगढवामा रहेको रामजानकी धर्मशालामा सम्पन्न बिस्तारित बैठकमा सह–अध्यक्ष भगवान दास चौधरी, उपाध्यक्ष दिनेश कुमार यादव, जयनारायण महतो, महासचिव लालबाबु यादव, सह–महासचिव बिजय कुमार झा, महिला सदस्य सरस्वती उपाध्याय, केन्द्रीय सदस्यहरु जर्नादन प्रसाद साह, सत्यवान मण्डल, केन्द्रीय कोषाध्यक्ष मनकलाल यादव, केन्द्रीय सदस्य मोहन प्रसाद साह,दिनेश प्रसाद यादव, अशेसर प्रसाद यादव, नवोनारायण चौधरी, शिवशंकर साह, रामसेवक साह, पर्सा अध्यक्ष दिनेश चौरसिया, बारा अध्यक्ष अयज तिवारी, कपिलबस्तु अध्यक्ष नरेन्द्र बहादुर कुर्मी, सप्तरी अध्यक्ष सुकदेव यादव, सिरहा पुर्व अध्यक्ष बिकाउ यादव, सिरहा अध्यक्ष सियाराम यादव, नवलपरासी अध्यक्ष जीवन प्रसाद यादव, सप्तरीका जिल्ला सचिव रामदेव साह, सर्लाहीका जिल्ला सचिव विनेश महतो, सिरहाका जिल्ला सचिव संजय कुमार यादव, बारा अध्यक्ष अजय कुमार तिवारी , सचिव अजय कुमार त्रिपाठी,नवलपरासी सचिव शैलेन्द्र कुमार भण्डारी, पर्सा सचिव जगदेव प्रसाद, सदस्यहरु राजकिसोर प्रसाद चौरसिया,हरिकिसोर दास,ध्रुव प्रसाद चौहान, लालबाबु प्रसाद चौरसिया,मोरङ्ग अध्यक्ष बिरेन्द्र कुमार पाण्डे, रौतहटका सदस्य जुगेश्वर प्रसाद यादव,शम्भु साह, प्रतिक दैनिकका पत्रकार राधेश्याम पटेललगायतको उपस्थिती रहेको थियो ।