• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राष्ट्रपति भण्डारी सखडा आउँदै, सुरक्षा व्यवस्था कडा

राष्ट्रपति भण्डारी सखडा आउँदै, सुरक्षा व्यवस्था कडा

राजविराज, ५ कार्तिक । नेपालका राष्ट्रपति विद्या देवी भण्डारी सप्तरीको प्रसिद्ध सखडेश्वरी छिन्नमस्ता शक्तिपीठ आउने भएका छन् ।
शक्तिपीठमा दर्शन तथा पूजाआजा गर्नकालागि शनिवार विहान उनी आउने भएका हुन् । राष्ट्रपति शक्तिपीठमा आउन लागेका कारण जिल्ला सुरक्षा व्यवस्था कडा पारिएको छ ।
श्रोतले दिएको जानकारी अनुसार विहान १० बजेको समयमा हेलिकोप्टरबाट छिन्नमस्ता भगवती शक्तिपीठमा अवतरण गर्ने कार्यक्रम रहेको छ । तत्पश्चात शक्तिपीठमा पूजाअर्चना गरिने तथा केही मिनेट शक्तिपीठका पीठाधीश तथा शक्तिपीठ संरक्षण सम्वद्र्धन समिति, लक्षचण्डी महायज्ञ आयोजक समितिका पदाधिकारीहरुबाट स्वागत एवम् अभिनन्दन गरिने कार्यक्रम रहेको छ ।