ताप्लेजुङ, ५ कात्तिक । ताप्लेजुङको चाँगे–२ बाट प्रहरीले बिहीबार भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा चाँगे–२ तिलवारी घर भइ सावादिन–६ स्थित खड्ग बहादुर खड्काको घरमा आरन चलाउने ४३ बर्षिय दुर्गा प्रसाद सापकोटा (विश्वकर्मा) रहेका छन् । प्रहरीले उनलाई भरुवा बन्दुक बनाइ रहेको अवस्थामा २ नाल भरुवा बन्दुक, बट २ थान, फलामको नाल २ थान, औजार १ थानसहित पक्राउ गरेको हो । भरुवा बन्दुकसहित पक्राउ परेका सापकोटालाई प्रहरी चौकी शिवामा ल्याइ थप अनुसन्धान भइरहेको छ ।