• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
धनकुटामा बसको ठक्करबाट एक बालक घाइते

धनकुटा, ५ कार्तिक । धनकुटा नगरपालिका–१ स्थित हिले बजारमा बसको ठक्करबाट शुक्रबार एक बालक घाइते भएका छन् । घाइते हुनेमा स्थानीय लक्की गुरुङको ६ बर्षिय छोरा सोहन गुरुङ रहेका छन् ।
गुरुङलाई लेगुवाबाट घरानतर्फ आउँदै गरेको को१ख ३७८२ नम्बरको बसले बिहान १०:२० बजेतिर ठक्कर दिएको हो । ठक्करबाट घाइते बालकलाई उपचारकालागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको छ भने ठक्कर दिने बसका चालकलाई प्रहरी चौकी हिलेले नियन्त्रणमा लिएको छ ।