• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
आगलागीबाट ७ लाख ७६ हजारको क्षति

संखुवासभा, २ कात्तिक । संखुवासभाको बाह्रबिसे–४ मा सोमबार आगलागीबाट एक घरमा क्षति भएको छ ।
बाह्रबिसे–४ बस्ने थम बहादर लिम्बुको ग्वालिबाट बिहान ९ बजे अचानक सल्किएको आगोले उनको ग्वाली तथा ढुङ्गामाटोले बनेको  तीन तले घर तथा घरभित्र रहेको सम्पूर्ण समान समेत जल्दा अन्दाजी ७ लाख ७६ हजार बराबरको क्षति भएको बताइएको छ । आगलागी प्रहरी र स्थानियवासीको प्रयासमा नियन्त्रणमा लिएको छ ।