• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

हुलाकी सडक निर्माण कार्य तत्काल अगाडि बढाउन माग

हुलाकी सडक निर्माण कार्य तत्काल अगाडि बढाउन माग

राजविराज, १ कार्तिक । हुलाकी सडक निर्माण संघर्ष समिति सप्तरी र भारदह–पोर्ताहा—डाढा—पकरी—राजविराज सडक निर्माण संघर्ष समितिले सोमवार सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
हुलाकी सडक निर्माण संघर्ष समितिका संयोजक विकास तिवारी र जयसुन्दर खिडहरीले छुट्टाछुट्टै स्मरणपत्र बुझाएका हुन् । हुलाकी सडक खण्डमा निर्माणाधिन अवस्थामा रहेका पुलहरुको निर्माणको कार्य तोकिएको समयसिमाभित्रै सम्पन्न हुनु पर्ने र सो का लागि आवश्यक रकमको व्यवस्था गर्नुका साथै उक्त पुलहरुको हालसम्मको प्रगति विवरण उपलब्ध गराउनुु पर्ने, निर्माणाधिन पुलको दुवै छेउमा सूचना बोर्ड अनिवार्य रुपमा राखिनु पर्ने तथा पुलहरु लोकमार्ग स्तरको भए नभएको जाँच गर्न माग गरिएको छ । राजविराज—कञ्चनपुरसंगै राजविराज—बलान सडक खण्डको निर्माण कार्य लोकमार्ग स्तरको हुनु पर्ने तथा यो सडकलाई प्राथमिकतामा राखि यथाशिध्र निर्माण हुनु पर्ने, राजविराजको नगर क्षेत्रहँुदै सडक निर्माणका लागि हुलाकी सडक आयोजनाबाट निर्माण गरिएको योजनाको प्रयास अत्यन्त अव्यवहारिक र गलत रहेकाले यसलाई तत्काल सच्याउनुकासाथै राजविराजको दक्षिण वा उत्तरतर्फबाट सडक निर्माणको योजना बनाउनु पर्ने, साथै राजविराज—कंचनपुर सडक खण्डको पकरी र बनौली खण्ड जहाँ हाल पुल निर्माण पनि भइरहेको साविकको बाटोबाट नै सडकको निर्माणका लागि सर्वे डिजाइन हुनु पर्नेमा सो नगरी चन्द्र नहर हुदै सर्वे डिजाइन गरिएकोमा सच्याउन संघर्ष समितिका संयोजक तिवारीले ध्यानाकर्षण गरेका छन् ।
राजविराज—कञ्चनपुर सडक खण्डमा पर्ने बुधेवा स्थित महुली—२, परसवनी बनौली—७ स्थित महुली झरना खोलाको पुलको निर्माणको कार्य कमसल प्रकृतिको भएको भन्ने बुझिएको र देखिन आएकोले उक्त पुलको निर्माणको कार्यको बारेमा तत्काल छानविन गर्न माग गरिएको छ । समितिको सक्रिय पहलकदमीले नै आ.ब. २०७१÷२०७२ मा सप्तरीको हुलाकी सडक खण्डमा पर्ने २१ वटा मध्ये बाँकी १४ वटा पुलको निर्माणको कार्यलाई राष्ट्रिय योजना आयोगबाट स्वीकृति भई पुल निर्माण सहितको विषयमा काम थालनी भएको ज्ञापनपत्रमा उल्लेख छ ।
यसैगरी उपरोक्त सम्बन्धमा भारदह, पोर्ताहा देखि डाढा हुदै पकरी राजविराजलाई जोडने सडक सप्तरी जिल्लाको पूर्व तर्फको करिब लाखौं जनताको दैनिकी जनजीवनसंग प्रत्यक्षरुपमा जोडिएको यो सडकको निर्माण तथा मर्मत सम्भारमा ध्यान पुर्याउन यादवले आग्रह गरेका छन् । यो सडकलाई पक्की सडकको रुपमा निर्माण गर्न गराउनका लागि आवश्यक पहलकदमी गर्न तथा आर्थिक वर्ष २०७२।०७३ मा यो सडकको निर्माणका लागि छुट्याइएको रकम सम्बन्धि खर्च विवरण तत्काल उपलब्ध गराई सार्वजनिक गर्न जोडदार माग गरिएको छ ।