• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
झापा र मोरङमा सवारी दुर्घटनामा ९ घाइते

मोरङ, १ कात्तिक । झापा र मोरङमा आइतबार भएको सवारी दुर्घटनामा ९ जना घाइते भएका छन् ।
झापाको गोलधाप–४ मा मेलाबाट फर्कदै गरेको मे१त ३३४४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टरमा सवार जलथल–८ बस्ने मोरामई टुडु, सोही ठाउँका माइकल माडी, सबिता बेस्रा, मायाँ किस्कु, रन्जु सोरेन र किशान्ति सोरेन घाइते भएका छन् । घाइते सबैको कन्चनजङ्गा अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ भने ट्रयाक्टर चालक फरार रहेकाले खोजीकार्य भइरहेको छ ।
त्यसैगरी मोरङको उर्लाबारी–१ स्थित किसान चौकमा आइतबार एम्बुलेन्सले मिनिबसलाई ठक्कर दिँदा तीनजना घाइते भएका छन् । साँझ ५ बजेतिर मे१च ४३८७ नम्बरको एम्बुलेन्सले बा२ख ९९५४ नम्बरको मिनिबसलाई पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा घाइते मध्ये दुई जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ भने एम्बुलेन्समा सवार पाँचथर फिदिम–९ बस्ने ३० बर्षिय तिलक तुम्रोकलाई थप उपचारकालागि न्युरो अस्पताल विराटनगर ल्याइएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।