मोरङ, १ कात्तिक । मोरङको केराबारी–९ बस्ने ४६ बर्षिय टिका गुरुङ आइतबार मृत अवस्थामा भेटिएका छन् ।
दिउँसो करिब २ बजेतिर स्थानीयले उनलाई घर नजिकै रहेको टुड्के खोलामा मृत अबस्थामा भेटेपछी प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरीको टोली गई आवश्यक कानूनी प्रकृया पुरा गरेको छ ।