• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
झापामा सवारी दुर्घटनामा दुई मृत्यु

झापा, १ कार्तिक । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको जुके कल्भर्टमा सोमबार बिहान बसले मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलका चालक झापा कन्काई नगरपालिका ३ का ६७ वर्षिय तिल विक्रम थेवे र मोटरसाइकल पछाडि सवार सोही ठाउँका ६० वर्षिय अग्नि भेटवाल रहेका छन् । कन्काई नगरपालिका १ जुके कल्भर्टस्थित राजमार्गमा बिहान ९ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ३५९६ नम्बरको बसले बाटो क्रस गर्दै गरेको मे५प ३८५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भिर घाइते भएका दुबै जनाको उपचारका क्रममा विएण्डसी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।