सुनसरी, १ कार्तिक । सुनसरीको सिमरिया–२ स्थित एक घरमा आज आगलागी हुँदा एक जलेर नष्ट भएको छ भने अन्दाजी १५ लाख बराबरको क्षति भएको छ ।
स्थानीय सुरेन्द्र बहादुर ऋषिदेवको फुसको छानो भएको १ तले बिहान ९ बजेतिर खाना पकाउने क्रममा अचानक आगलागी भएको हो । आगलागीबाट उनको नगद ५ हजार, घर तथा घर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी १५ लाख बराबरको क्षति भएको बताइएको छ । आगलागी स्थानीय प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।