• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

झापामा अज्ञात सवारीको ठक्करबाट एक महिलाको मृत्यु

झापामा अज्ञात सवारीको ठक्करबाट एक महिलाको मृत्यु

झापा, ३० असोज । झापाको दुहागढी–४ स्थित तेलीबारीमा शनिबार अज्ञात सवारी साधनको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुहागढी–४ मा डेरागरी बस्ने अन्दाजी २९ बर्षिया निसा राई रहेकी छिन् । उनलाई बेलुका ९ बजेतिर पूर्वबाट  पश्चिमतर्फ आउँदै गरेको  सवारी साधनले  हिड्दै  गर्दा ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते भएकी राईलाई प्रहरी चौकी चारआलीको गस्ती टोलीले भेटी उपचारकालागि विएनसी अस्पताल विर्तामोड लैजाने क्रममा मृत्यु भएको हो ।
घटना स्थलमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट समेत प्रहरीको टोली खटिगई कानूनी प्रकृया तथा ठक्कर दिने सवारीको खोजीकार्य भइरहेको उक्त कार्यालयले जनाएको छ ।