वीरगंज, २९ असोज । अहमदिया संघ नेपालले दुई दिने सालाना ईजतमा शुरु गरेको छ । पर्सा जिल्लाको गाबिस प्रसौनी भाठा स्तिथ मसहुर पब्लिक बिद्यालयको प्राङ्गनमा शुरु गरिएको ईजतममा नेपाल, भारत, पाकिस्तान, भुटान र बङ्गलादेशका प्रतिनिधीहरुको सहभागिता रहेको छ । संघ नेपालका केन्द्रीय अध्यक्ष कमरुलहोदाको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी मुनिर अहम्द हाफिजाबादीले आपसी भाइचारालाई बढाउदै दुखी व्यक्तिहरुको सेवामा लाग्न संघका युवा जमातलाई निर्देशन दिए ।
कसैमाथि रिसरागको भावना त्यागी समाज र राष्ट्र बिकासमा आ–आफनो तर्फबाट भुमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिए । नेपाल, भारत र भुटानका प्रमुखसमेत रहेका मुनीरले युवाहरु देशका मेरुदण्ड हुन् तर हालका दिनमा युवा शक्तिहरु गलत कार्यमा लागेको हुनाले राम्रो र नराम्रो काम छुट्याइ आफुभित्र भएको उर्जा शक्तिलाई समाज बिकासमा लगाउन सुझाव दिए । उद्घाटन समारोहमा अहमदिया संघ नेपालका युवक संगठनका प्रमुख सलिम अहम्द, बुद्धिजिवीका अध्यक्ष पिर महम्मद, महिला सङ्गठन प्रमुख तसनिम अख्तर, सुनसरी र मोरङ्ग ईन्चार्ज समिन अहम्द, संघ पाकिस्तानका प्रतिनिधि रसिद अहम्द जफर, सागीर अहम्द, अफिज अकरम, आरिफमिन हास, नासिर अहम्द भठीले शुभकामना मन्तव्य व्यक्त गरे ।
बारा र पर्सा ईन्चार्ज अफिज अहम्दले सहजीकरण एवं दमौली सर्कल ईन्चार्ज हासिम अहम्दले स्वागत मन्तव्य व्यक्त गरे । दुई दिने ईजतममा युवा, बुद्धिजिवी र महिलालाई बिशेष प्रशिक्षण दिने र समाजमा संघको कार्यलाई जनमानसमा पुरयाउन एवं सेवा दिनेमा संचालित रहने तथा खेलकुद सम्बन्धि बिभिन्न कार्यहरु समेत गर्ने संघका युवा प्रतिनिधी मोहन अहम्दले बताए ।