नवलपरासी, २८ असोज । नेपाली कांग्रेसका महामन्त्री डा. सशाङ्क कोइरालाले स्थानीय र प्रादेशीक निर्वाचन तत्कालै गराउनुपर्ने बताएका छन् । नवलपरासीको नेपाली कांग्रेस कावासोती नगर समितिले दशैं, दिपावली र छठ को अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । निर्वाचन नभएसम्म संघीयता र संविधान दुबै कार्यान्वयन नहुने भन्दै यसकालागि सबै दल एकै स्थानमा उभिनुपर्नेमा नेता कोइरालाले जोड दिए ।
निर्वाचनमा जाँदा जीत–हार स्वभाविक प्रक्रिया भएको भन्दै सबै दल हारजीतको राजनिती भन्दा बाहीर आएर निर्वाचनकालागि सरकारलाई सहयोग गर्न कोईरालाले आग्रह गरे । नेता कोईरालाले भारत र पाकिस्तानको सम्बन्धमा समान धारणा रहेको प्रष्ट्याए । शुक्रवारै नेपाली काग्रेस कावासोती नगर समितीको आयोजनामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टी भित्रको तिक्तता त्यागेर संगठन निर्माणकालागि लाग्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।
दशैं,दिपावली र छठ को अबसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै काग्रेंसका लोकतन्त्र संस्थागत नभए देश अप्ठ्यारो परिस्थितितर्फ धकेलिने भएकाले कार्यकर्तालाई संयम भएर लाग्न अनुरोध गरे । उक्त अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु गोबिन्द भट्टराई, बद्री पाण्डे, देबेन्द्रराज कँडेल, गुरुराज घिमिरे, सांसद बिक्रम खनाल, पुर्व केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली, पुर्व सांसद महेन्द्रध्वज जिसी, जिल्ला सभापति बिष्णु लामिछानेलगायतका वक्ताले कांग्रेसलाई एक ढिक्का भएर लैजानुपर्ने बिचार व्यक्त गरे ।