• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
छोराको धारीलो हतियार प्रहारबाट बाबु घाइते

मोरङ, २८ असोज । मोरङको टाडी–८ बोक्रेमा विहीबार छोराको धारीलो हतियारबाट बाबु घाइते भएका छन् ।
स्थानीय १९ बर्षिय खगेन्द्र शंकरले आफ्नै बुबा ४५ बर्षिय लक्ष्मी शंकर लाई धारीलो हतियार प्रहार गरेका हुन् । बेलुका १० बजेतिर दुबैबीच सामान्य विवाद भएपछि उनले धारीलो हतियारले बाबुको टाउकोमा प्रहार गरेका थिए । हतियार प्रहारबाट घाइते शंकरको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने हतियार प्रहार गर्ने खगेन्द्र शंकरलाई अस्थाई प्रहरी चौकी टाडीले नियन्त्रणमा लिएको छ ।