• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बेरोजगारी र आर्थिक अभावले युवाहरुमा आत्मत्या गर्ने प्रवृति बढ्दो

बेरोजगारी र आर्थिक अभावले युवाहरुमा आत्मत्या गर्ने प्रवृति बढ्दो

कृष्ण मण्डल
राजबिराज, २७ असोज । बेरोजगारी र आर्थिक अभावका कारण विभिन्न बहानामा यतिबेला युवाहरुले आत्महत्या गर्ने क्रम बढेको छ ।
सप्तरीको लालापट्टी विकास समितिमा मात्र पछिल्लो समय दुई जना युवा घाँटीमा पासो लगाएर आत्महत्या गरेका हुन् । लालापट्टी वडा नम्वर–९ खुदिबखारीमा धनिलाल साहका ३१ वर्षिय छोरा श्यामनारायण साह मङ्गलवार राती करिव ८ बजेको समयमा घर अगाडि रहेको आँपको रुखमा पासो लगाएर आत्महत्या गरेका छन् । आत्महत्याको कारण भने परिवारिक समस्या रहेको परिवारजनले बताए पनि आर्थिक अभाव र बेरोजगारी समस्या रहेको बताईएको छ ।
यसैगरी गत माघ १७ गते खुदीबखारी गाउँकै बेचन मण्डलको १५ बर्षीय छोरा भागबत मण्डले समेत पासो लगाएर आत्महत्या गरेका थिए । मण्डल स्कुल जाने बेलामा आफ्नो आमासँग केही पैसा माँगेका थिए तर आमाले कारणबस दिन सकिन । त्यसपछि भागवत घरबाट रुँदै निस्केको र केही घण्टा न वित्दै नजिकको बगैंचामा शव झुण्डेको पाईएको थियो ।
यता २०७२ साउनदेखि असोजसम्म मात्रै ६० जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्यांक छ । आत्महत्या गरेकाहरुकामध्ये अधिकांश ४० वर्षमुनिका नै रहेका छन् ।
किशोरावस्था तथा युवास्थामा रहेकाहरुमा आर्थिक अभाव नै आत्महत्याको मूल कारण रहेको वुद्धिजिविहरुको तर्क छ । किशोरकिशोरी तथा युवावर्गमा बढ्दो बिलासिताको आवश्यकता परिपुर्ति हुन नसकी तनावमा आएर आत्महत्या गरेको हुनसक्ने प्रा. अमरकान्त झाको तर्क छ । अभिभावकले छोराछोरीको चाहना पुरा नगरेपछि तथा कतिपय अवस्थामा आफैमा वितृष्णा जागेर आत्महत्या गर्ने क्रम बढेकोले यसलाई न्युनिकरण गर्न ठोस कदम चाल्नुपर्ने उनको तर्क छ ।