• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
दुई दर्जन मोबाइल फोनसहित चोर पक्राउ

सिरहा, २६ असोज । सप्तरी जिल्लाबाट एक साताअघि चोरी भएको मोवाईल फोनसहित एक जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका १९ का राजु भन्ने राजकुमार यादव रहेका छन् । यादवलाई इलाका प्रहरी कार्यालय लहानको टोलीले शुक्रबार दिउँसो २४ थान मोवाईल फोनसहित पक्राउ गरेको थियो । यादवको साथबाट बिभिन्न ब्राण्ड २२ थान नयाँ तथा २ थान पुरानो मोवाईल फोन बरामद भएको छ । प्रहरीले उनीसँग खरिद विल माग गर्दा देखाउन नसकेपछि उनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा बरामद फोनहरु असोज २० गते राती सप्तरी राजबिराज नगरपालिका–१ स्थित एक मोवाईल पसलबाट चोरी भएको खुल्न आएको छ । उनको साथबाट बसको टिकट र ४ थान सिमकार्डसमेत बरामद भएको छ । पक्राउ परेका यादवलाई थप अनुसन्धानकालागी एवं कारवाहीकालागी जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।