सुनसरी, २४ असोज । सुनसरीको ईटहरी उपमहानगरपालिका–१ स्थित गोरखा डिपार्टमेन्ट स्टोरको भुई तल्लामा रहेको एभरेष्ट बैंकको एटिएम मेशीन तोडफोड गर्न खोज्ने तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ईटहरी–५ का अनिस पराजुली, सोही ठाउँका आशिष चौलागाई र आशिष पराजुली रहेका छन् । आइतबार राती ८ बजेतिर एटिएमबाट पैसा ननिस्केको भनि एटिएम मेसिन तोडफोड गर्न खोजेपछि गस्तीमा रहेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीमा राखिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।