• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
स्कुटर दुर्घटनामा दाजु–भाइको मृत्यु

सुनसरी, २३ असोज । सुनसरीको ईटहरी उप–महानगरपालिका–२४ मा आइतबार विहान स्कुटर दुर्घटना हुँदा एकै घरका दाजुभाइको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरी इटहरी–५ का ३२ वर्षिय कुमार गुरुङ र उनका २२ वर्षिय भाइ मदन गुरुङ रहेका छन् । आइतबार विहानै धरानबाट ईटहरीतर्फ आउनेक्रममा दुई दाजुभाइ सवार को १६ प ७७६८ नम्बरको स्कुटरमा सडकको बाँया साइडमा रहेको पोलमा ठोक्किएर दुर्घटना हुँदा दुबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी चौकी तरहरा र इलाका प्रहरी कार्यालय ईटहरीबाट खटेको टोलीले शव पोष्टमार्टमकालागी पठाएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।