• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
१५ दिने सिप विकास तालिम समपन्न

वीरगञ्ज, २१ पर्सा । वीरगञ्ज महिला जागरण समाज पर्साले आयोजना गरेको निःशुल्क सिप विकास तालिम शुक्रबार सम्पन्न भएका छन् ।
महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २० जना महिलाहरुको सहभागितामा आयोजना गरेको निःशुल्क तालिम समपन्न भएको वीरगञ्ज महिला जागरण समाजकी अध्यक्ष कविता खडकाले बताईन । बेरोजगार रहेका महिलाहरुलाई रोजगार प्रदान गर्ने र व्यापार व्यवसाय सञ्चालन गर्नका लागि अझै यस्तै खाले तालिम सञ्चालन गर्दै लगिने आयोजकले जनाएको छ ।
यसैगरी अगामी दिनमा विभिन्न संघ, संस्था र सिप सिकेर केही गर्न चाहने महिलाहरुलाई समन्वय गराई महिला उद्यमीद्वारा नै खेलैना, गिफ्टका समाग्री लगायतको शो रुम समेत सञ्चालनमा ल्याउने लक्ष्य रहेको आयोजकले बताएका छन् । चाडपर्वलाई लक्षित गरि सिप विकासको माध्यमबाट महिलाहरुलाई आत्मनिर्भर बनाई महिला उद्यमी तयार गर्नका लागि तालिम सञ्चालन गरेको थियो । खासगरी सिपको अभावमा विदेशबाट लाखौं मूल्यका समाग्री भित्रिरहेको अवस्थामा थोरै भएपनि सिप विकासलाई प्राथमिकतामा राखेर सिप सिक्ने मौका पाएकोमा आफुहरुलाई निकै खुशी लागेको सहभागी मध्येकी मुरली निवासी अमृता यादवले बताईन् ।
तालिमको प्रशिक्षण सरस्वती भट्टराई, सिलु गौतमले दिएकी थिईन भने उक्त सिप विकास तालिम अन्तर्गत खेलौंना, कुसन र घरायसी सजाबटका समाग्री लगायतका समाग्री बनाएका थिए । तालिममा पिंकी वर्णवाल, सबनम भट्टराई, सिमा साह, सुमन खरेल, शोभा धमला, पुर्निमा कुमारी साह, सलोनी गुप्ता, विमला गुप्ता, निशा जैशवाल, सन्धया पौडेल, ज्योति कुमारी वर्णवाल, निकिता गुप्ता, दिपिका श्रेष्ठ, अमृता यादव, शुसिला राई, रचना यादव, सावित्री देवी लगायतकी रहेकी छिन् ।