• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रेच मञ्च नेपाल पर्सा शाखाद्वारा शुभकामना आदान प्रदान सम्पन्न, संचार संस्था एवं गृह समावेसी नभए समृद्ध नेपालको विकास नहुनेः सांसद कर्ण

प्रेच मञ्च नेपाल पर्सा शाखाद्वारा शुभकामना आदान प्रदान सम्पन्न, संचार संस्था एवं गृह समावेसी नभए समृद्ध नेपालको विकास नहुनेः सांसद कर्ण

वीरगंज, २१ असोज । प्रेस मञ्च नेपाल पर्सा शाखाले वडा दशैं, दिपावली र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
मञ्च पर्साका अध्यक्ष विजय कुमार ठाकुरको सभापतित्वमा सम्पन्न शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै सद्भावना पार्टीका सह–अध्यक्ष एवं सांसद लक्ष्मणलाल कर्णले नेपालको प्रेस जगत समावेशी नभएको कारण नेपालमा वसोवास गर्ने एवं पिछडिएर रहेको समुदायको अवाज केन्द्रसम्म नपुगेको बताउँदै अधिकार र पहिचानकालागि जारी मधेस आन्दोलनको मर्म र भावना विपरित केही सञ्चार माध्यमले जनतालाई गुमराह एवं उझेलमा पारेको बताए ।
प्रमुख अतिथी समेत रहेका कर्णले प्रमुख दलहरुको ईसारामा राजधानी केन्द्रित सञ्चालित केही सञ्चार माध्यमले समाचारको सत्यतालाई वंग्याई देशमा द्वन्द्व निम्त्याएको र मधेसी जनता र हिमाल पहाडका जनताबिच भएको भाईचारा समाप्त गर्ने समेत चलखेल भएको बताए । सञ्चार गृह एवं संस्था समावेशी नभएसम्म समृद्ध नेपालको विकास नहुने बताएका थिए । माईस्थानस्थित क्यान्डि सपमा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा सद्भावना पार्टीका सह–महामन्त्री एवं अधिवक्ता सुरेन्द्र कुर्मी, प्रेस मञ्च नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेल, जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी यज्ञ प्रसाद भट्टराई, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पर्साका अध्यक्ष शशिकपुर मियाँ, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी नीरिक्षक जिवनलाल चुडाली, ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी नीरिक्षक रविन्द्र भट्ट, सद्भावना पार्टीका केन्द्रिय सदस्य निजामुद्दिन समानी, वीरगंजका चर्चित गायक अशोक प्रधान, मधेसी पत्रकार संघ पर्साका अध्यक्ष मनोज पटेल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रेस मञ्च नेपाल पर्सा शाखाका कार्य समिसत सदस्य चन्द्रिका पटेलले स्वागत मन्तव्य एवं आरुष कायस्तले सहजिकरण गरेका थिए ।
शुभकामना आदान प्रदान कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल वीरगञ्जका नगर अध्यक्ष राजुदिन बाबु, प्रेस चौतारी पर्सा अध्यक्ष अनुप तिवारी, सद्भावना पार्टी पर्साका उपाध्यक्ष ईश्वर यादव, सचिवद्वय राजेश साह, धर्मेन्द्र पटेल, वीरगञ्जका नगर अध्यक्ष ओमप्रकास सर्राफ, उपाध्यक्षद्वय सुरेश साह कानु, दिपक साह कानु, सचिव सञ्जय पटेल, महिला मञ्च पर्साका अध्यक्ष रेखा साह, युवा मञ्च पर्साका अध्यक्ष शेख मुन्ना, उपाध्यक्ष मालती कुशवाहा, सचिव अनिल साह, मजदुर मञ्च पर्सा अध्यक्ष दिनेश चौरसिया, प्रेस मञ्च नेपाल बारा प्रतिनिधी प्रवेश चौधरी, पर्सा शाखा सह–कोषाध्यक्ष कृष्णा यादव, पब्लिक एन्टी क्रप्सन पर्साका अध्यक्ष दिपक सर्राफ, सचिव राकेश साह, वीरगञ्ज मोडेल युवराज केसरी लगायतको उपस्थिती रहेको थियो ।