उदयपुर, २१ असोज । उदयपुरको खाँबु–२ छाम्लीङमा गाईघाटबाट सामान बोकेर फोक्सिङटारतर्फ जादै गरेको स१त ४०६७ नम्बरको ट्रयाक्टर शुक्रबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
अपरान्ह ३ः४५ बजे तिर सक्ट्यात ट्रयाक्टर सडकबाट अन्दाजी २ सय मिटर तल खसेको थियो । दुर्घटनामा ट्रयाक्टर धनि उदयपुर त्रियुगा नगरपालिका बस्ने ५२ बर्षिय तेजबहादुर गजमेरको मृत्यु भएको छ भने ट्रयाक्टरका चालक उदयपुर गाईघाट बस्ने २४ बर्षिय देबेन्द्र चौधरी र खाँबु–२ छाम्लिङ बस्ने २१ बर्षिय अनिल कुमार राई घाईते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ ।