• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सुनसरीमा पानीमा डुबेर बालककको मृत्यु

सुनसरी, २१ असोज । सुनसरीको कप्तानगञ्जमा शुक्रबार पानी जमेको खाल्डोमा डुबेर दुई वर्षिय एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कप्तानगंज–९ बस्ने मुक्तार अन्सारीको छोरा सखिब अन्सारी रहेका छन् ।
अन्सारीको शुक्रबार अपरान्ह ३ बजेतिर घर नजिकैको खाल्डोमा डुबेर मृत्यु भएको हो । उनलाई आफन्तले अपरान्ह ३ बजेतिर मृत भेटेका थिए । घटनास्थलमा प्रहरी चौकी घुस्किहाटबाट खटिगई घटनाबारे अनुसन्धान भइरहेको छ ।