• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

संशोधन विधेयक अविलम्ब पेश नगरे आन्दोलनको विकल्प छैनः सह–अध्यक्ष कर्ण

संशोधन विधेयक अविलम्ब पेश नगरे आन्दोलनको विकल्प छैनः सह–अध्यक्ष कर्ण

वीरगञ्ज, २० असोज । सद्भावना पार्टीका सह–अध्यक्ष एवम् सांसद कर्णले दशैं तिहारसम्म मधेसको माँग सम्बोधन हुने गरी सार्थक संविधान संशोधन विधेयक सरकारले संसदमा प्रस्तुत नगरे आन्दोलनको बिकल्प नहुने बताएका छन् ।
सदभावना पार्टी नगर कार्य समिति वीरगञ्जले विहीवार नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजको सभाहलमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । मधेसप्रेमी योद्धाहरुलाई सोका लागि तयार रहन उनले आग्रह समेत गरे । प्रमुख अतिथि सदभावना पार्टीका सह–अध्यक्ष एवं सांसद लक्ष्मणलाल कर्णले नारायणी उपक्षेत्रिय अस्पतालको स्तर उन्नती र विकासकोलागि स्वास्थ्य मन्त्री गगन थापालाई संसदमा उभ्याउने बताए । कर्णले अस्पतालको बिकासको लागि आफनोतर्फबाट सक्दो प्रयास गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रमका बिशिष्ट अतिथि तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले राज्यको विभेदपुर्ण निती तहत यस अस्पताललाई जर्जर बनाइएको आरोप लगाए । राज्यले मधेसका स्वास्थ्य संस्थाहरुमा बजेट विनियोजनमै विभेद गर्दै आएको जिकिर गरे ।
अर्का बिशिष्ट अतिथि उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बिजय सरावगीले अस्पताललाई राजनीतिक अखडा बनाईएको र गलत राजनितीक आवरणको आडमा अस्पतालमा अनियमितता, भ्रष्टाचारले जरा गाडेको आरोप लगााउँदै व्यवस्थापन र प्रशासन दुरुस्त भएमा अस्पतालको विकासकोलागि उद्योगी व्यापारी हरपल प्रतिवद्ध रहेको बताए । अर्का अतिथि शिक्षाविद् एवं वीपीसी कलेजका निर्देशक डा. दिपक शाक्यले राजनीतिक ईमान्दारिता नभएका कारण अस्पताल बिकास नभएको गुनासो गर्दै वीरगंजका समाजसेवी एवं नागरिक अगुवाको नेतृत्वमा गतिलो विकास समिति भए मात्र बिकास सम्भव हुने बताए ।
कार्यक्रमका अर्का अतिथी अस्पतालका मेसु डा. रामपरीक्षण यादवले आफु यस अस्पतालमा सेवा दिन आफु ईच्छुक नभए पनि विभागले जबरजस्ती मलाई यहाँ खटाएको आरोप लगाए । वीरगञ्ज नगर अध्यक्ष ओमप्रकास सर्राफको अध्यक्षतामा आयोजित कार्यक्रममा नारायणी अस्पतालको विकास बिषयक अन्र्तक्रिया कार्यक्रममा सदभावना पार्टीका सह–महासचिव सुरेन्द्र कुर्मी, लोहियावादीका राष्ट्रिय अध्यक्ष नन्दन यादव, नेपाल रेडक्रस सोसाईटी पर्साका सभापति फुलमहम्द मियाँ, बार एशोसिएसन पर्साका सचिव हरेराम सर्राफ, जिल्ला विकास समिति पर्साका निमित प्रमुख धर्मराज थापा, वीरगंज उपमहानगरपालिकाका निमित प्रमुख प्रकाश अमात्य, सदभावनाका केन्द्रीय सदस्य निजामुदिन समानी, माओवादी केन्द्रका केन्द्रीय सदस्य पिएल श्रेष्ठ ,नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य मोनिका सिंहलगायतले मन्तव्य व्यक्त गरे ।
फोरम लोकतान्त्रिकका पर्सा जिल्ला अध्यक्ष शशीकपुर मियाँ, उपभोक्ता मञ्च पर्साका अध्यक्ष एवं नेपाली काँग्रेसका प्रतिनिधी दिना गुप्ता, स्वतन्त्र मानव अधिकार समाजका केन्द्रिय अध्यक्ष कृष्णा कुमार खनाल, मानव अधिकार शान्ति समाजका पुर्व अध्यक्ष प्रमानन्द चौधरी, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, अस्पताल कर्मचारी युनियनका अध्यक्ष रामेश्वर प्रसाद, एमनेष्टी ईन्टरनेशनलका प्रतिनीधि विजय उपाध्याय, डिलएका प्रतिनीधि दिपक राज भण्डारी, प्रेस मञ्च नेपालका राष्ट्रिय अध्यक्ष सन्तोष पटेल, सदभावनाका पर्सा जिल्ला उपाध्यक्ष ईश्वर यादव, महिला मञ्च पर्साकी जिल्ला अध्यक्ष रेखा साह, युवा मंचका जिल्ला अध्यक्ष शेख मुन्ना लगायतकाले मन्तव्य व्यक्त गरे । सदभावना पार्टी पर्साका जिल्ला सचिव धर्मेन्द्र पटेलले सहजीकरण गरेको कार्यक्रममा स्वागत मन्तव्य महिला मञ्च वीरगञ्जकी नगर अध्यक्ष सुनिता रौनियारले गरिन् ।