• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
लागुऔषधसहित एक पक्राउ

मोरङ, २० असोज । मोरङको विराटनगर–२१ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट नजकैबाट प्रहरीले बुधबार लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी धरान–१३ बस्ने २४ बर्षिय प्रकाश भण्डारी रहेका छन् । उनलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले दिउँसो १ बजे पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट एभिल ९ एम्पुल, डाईजोल्याव ९ एम्पुल, लुप्रिजेसिक ९ एम्पुल बरामद गरेको छ । लागुऔषधसहित पक्राउ परेका भण्डारीलाई सिमा प्रहरी चौकी रानीमा राखि थप अनुसन्धान भइरहेको छ ।