मोरङ, २० असोज । मोरंगको महदेवा–७ मा बुधबार करेन्ट लागेर एकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।
महदेवा–७ स्थित रतुवा खोलामा साइकल बोकेर खोला तर्ने क्रममा दिउँसो २ बजे तिर साइकलले बिजुलीको तारमा छोई करेन्ट लाग्दा स्थानीय १८ बर्षिया हरीदेव सिहको मृत्यु भएको हो । उनलाई छुटाउने क्रममा सोही ठाउँका ५५ बर्षिय गोकुल ताजपुरिया घाइते भएका छन् । घटना स्थलमा प्रहरी चौकी महादेवबाट प्रहरीको टोली खटिगई कानूनी प्रकया पुरा गरेको छ भने घाइतेको विराटनगरमा उपचार भइरहेको छ ।