सोलुखुम्बु, १८ खोटाङ । सोलुखुम्बु र खोटाङमा सोमबार चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
सोलुखुम्बुको तिङला–२ बस्ने दिल बहादुर खड्काको श्रीमती ४५ बर्षिया सोभितमाया खड्का जेठी छोरी २३ बर्षिया तोला खड्का र कान्छी छोरी १३ बर्षिया निर्मला खड्कालाई घरमा बसिरहेको अवस्थामा दिउँसो २ः३० बजेतिर अचनाक चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते भएका तीनैजनालई जिल्ला अस्पताल फाप्लु ल्याएकोमा निर्मला खड्काको उपचारको क्रममा साँझ ६ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
त्यसैगरी खोटाङको दिक्तेल–२ बस्ने लक्ष्मी आचार्य र चिउँरीडाँडा ३ दुधीले बस्ने ४० बर्षिया भिमा चौहान चट्याङ लागेर घाइते भएका छन् । लक्ष्मी आचार्यको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको छ भने भिमा चौहान स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।