संखुवासभा, १८ असोज । संखुवासभाको लेख्सुवा खोलामा डुबेर सोमबार एक बालिकाको मृत्यु भएको छ भने अर्का एक बेपत्ता भएकी छिन् ।
पावाखोला–३ दिमा बस्ने तुलाराम तामाङको छोरी १५ बर्षिया सुनमाया तामाङ र सोही ठाउँका चतुरमान तामाङको १५ बर्षिया सानुमाया तामाङ आइतबार सोही ठाउँका मनकुमार राईको अलैची बगानमा काम गर्न हिडेका थिए । काम गर्ने ठाउँमा नपुगेपछि स्थानीयले प्रहरी चौकी स्याक्सिलागोलामा खबर गरेपछि घटना स्थलमा प्रहरीको टोली खटिगई खोजी गर्ने क्रममा सोमबार बिहान लेख्सुवा खोलाको किनारमा सुनमाया तामाङको शब भेटिएको हो । उनीसँगै गएकी सानुमाया तामाङको भने खोजीकार्य भइरहेको उक्त्त कार्यालयले जनाएको छ ।