राजविराज, १६ असोज । ज्येष्ठ नागरीक संघ सप्तरीले आइतवार जिल्लाका एक दर्जन वृद्धवृद्धालाई सम्मान गरेको छ ।
अन्तराष्ट्रिय ज्येष्ठ नागरीक दिवसको अवसरमा शनिवार राजविराजस्थित रेडक्रस भवनमा आइतवार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरिएको हो । संघले पुर्व सञ्चारमन्त्री चतुर्भुजप्रसाद सिंह, लोकसेवा आयोगका पूर्व अध्यक्ष सत्यनारायण झा, रामकरण शारदा, गायत्री सिंह, वुद्धिसागर देव, अघोरी यादव, टुनटुन यादव, नारायण झा, सावित्रि देवी चौधरी र महन्थी दास यादवसहित ११ जनालाई सम्मान गरेको छ ।
ज्येष्ठ नागरिक संघका जिल्ला अध्यक्ष शिवहरीप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले ज्येष्ठ नागरीकहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् । कार्यक्रममा लोक सेवा आयोगका पूर्व अध्यक्ष झा, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक भीम प्रसाद ढकाल, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालगायतले मन्तव्य व्यक्त गरे ।