इलाम, १६ असोज । इलामको पशुपतीनगर–४ बाट प्रहरीले शुक्रबार भन्सार छलेको ४३ हजार बराबरको कपडा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरीको टोलीले साँझ ५ बजेतिर बेबारीसे अवस्थामा राखेको उक्त कपडा बरामद गरेको हो । बरामद कपडा आइतबार भन्सार कार्यालय पशुपतिनगर ईलाममा बुझाईएको छ ।