मोरङ, १६ असोज । मोरङ र सुनसरीबाट शनिबार लागुऔषध सहित चाजनालाई पक्राउ गरेको छ ।
मोरङको हातिमोडा–८ बाट प्रहरीले विराटनगरबाट सुनसरीको दुहवीतर्फ जाँदै गरेको को२च ५७५२ नम्बरको मारुती भ्यानमा मोरङ सुन्दरपुर–५ बस्ने गुणराज राई, सोही ठाउँका सुमन प्रसाद फुयाल र भ्यान चालक इटहरी–२१ बस्ने सहिद मियाँ समेतले भ्यानको सिटमुनी लुकाएर राखेको लागुऔषध कोरेक्स–१५ बोतल, नाईट्रोजन १० ट्याबलेट बरामद गरेको छ । इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले बेलुका ९ बजेतिर चेक जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय निमुवामा राखी थप अनुसन्धान भइरहेको छ । त्यसैगरी सुनसरीको धरान–१३ मा अस्थायी प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा धरान–१६ बस्ने दिल कुमार राइ र सोही ठाउँका सागर भुजेललाई १ किलो लागुऔषध गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेका दुवैजानलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको छ ।