• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
ठूलो परिमाणमा लागूऔषधसहित एक पक्राउ

सुनसरी, १६ असोज । सुनसरी भोक्राहाबाट शनिबार दिउँसो ठूलो परिमाणमा लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
भोक्राहा–४ बेलौती स्थानबाट झोलाबाट ५८ बोतल कोरेक्स, १ सय ४४ पिस नाइट्रोसन ट्याब्लेट र १ सय १४ पिस स्पामोप्रोक्सिवन क्याप्सुलसहित भोक्राहा–५ का श्यामनारायण यादव पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाका आधारमा यादवलाई शनिबार दिउँसो २ बजे पक्राउ गरेको हो । यादव र अर्का एक जना को१२प ९३१ नम्बरको मोटरसाइकलमा लागूऔषध बोकेर जाँदै गरेका थिए । पछाडि सवार तीन मानिस प्रहरीलाई देख्नासाथ आफुसँग भएको झोला फ्याँकी फरार भएका छन् । यादवलाई प्रहरीले हिरासतमा राखि अनुसन्धान शुरु गरेको छ भने फरार व्यक्तिको खोजी कार्य भइरहेको छ ।
त्यसैगरी प्रहरीले शनिबार दिउँसो १२ बजे सुनसरी मधुवन–४ बाट ७ सय प्याकेट पटाका बरामद गरेको छ । प्रहरी चौकी मधुवनबाट खटिएको चेकिङ्ग चेकजाँच गर्ने क्रममा द्यच्(घड(व् ण्ढद्दण् नम्बरको मोटरसाईकलमा नामथर वतन नखुलेको सवार मोटरसाईकल र पटाका बरामद गरेको हो । बरामद पटाकाहरुमा किङ कोर्वा  चकलेट बम रहेका छन् ।