• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बडा दशैंको दोस्रो दिनः आज ब्रह्मचारिणीको पूजा गरिँदै

बडा दशैंको दोस्रो दिनः आज ब्रह्मचारिणीको पूजा गरिँदै

राजविराज, १६ असोज । बडा दशैंको दोस्रो दिन आइतवार देशैभरीका देवी मन्दिर तथा घरघरमा ब्रह्मचारिणी देवीको पूजा–पाठ गरिंदैछ । आश्विन शुक्लद्वितीया तिथिमा जिल्लाको छिन्नमस्ता शक्तिपीठ, कंकालिनी भगवती, चण्डी दुर्गा भगवती, वैष्णवीकालीलगायतका देवी मन्दिरहरुमा भगवती ब्रहमचारिणीको पूजा–आजा भइरहेको छ । यस्तै विभिन्न स्थानहरुमा माटाको कलात्मक मूर्ती बनाएर पूजा–आजा भइरहेको हाम्रा सम्वाददाताहरुले जनाएका छन् ।
ब्रह्मचारिणी देवीलाई ब्रहम् विद्या शक्तिकी माताको रुपमा पूजाआजा गर्ने गरिन्छ । ब्रहमचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख गरिएको छ । व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रहमचारिणी देवीको अनुकम्पा आवश्यक हुने धार्मिक गन्थमा उल्लेख छ ।
ब्रहमचारिणी माता पार्वतीको विवाहपूर्वको अवस्थाको रुपमा चर्चा गरिएको छ । माता पार्वतीको यो रुपलाई ब्रहमचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको छ । शास्त्रहरुमा उल्लेख भए अनुसार उनको वदनवर्ण कलेजी रङ्गको रहेको छ । ब्रहमचारिणी देवीले एक हातमा कमल धारण गरेकी छिन् भने दोस्रो हातमा कमण्डलु लिएकी छन् । कमलले सच्चिदानन्द ब्रहमस्वरुप संकेत गर्दछ भने कमण्डलुले वरदान र आशिर्वादको अर्थ संकेत गरेको छ ।