• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

ताप्लेजुङको सगुवा खोलाले बगाएर बालक बेपत्ता

ताप्लेजुङको सगुवा खोलाले बगाएर बालक बेपत्ता

ताप्लेजुङ, १५ असोज । ताप्लेजुङ्गको सगुवा खोलाले बगाएर शुक्रबार दिउँसो एक बालक बेपत्ता भएका छन् ।
हाङपाङ गाविस ८ र चाँगे गाविस ४ को दोभानमा पर्ने सगुवा खोलामा पौडी खेल्नेक्रममा शुक्रबार दिउँसो २ बजे स्थानीय १२ वर्षिय सविन थापा बेपत्ता भएका छन् । बेपत्ता बालकको इलाका प्रहरी कार्यालय दोभानबाट खटिगएको टोली र स्थानीयवासीबाट शुक्रबार साँझसम्म खोजी गरिएको थियो । उनको हालसम्म पत्तो लागेको छैन् । खोजी कार्य शनिबार पनि जारी रहने उक्त कार्यालयले जनाएको छ ।