• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

भन्सार छलेको १ लाख बराबरको प्लाष्टिकको ड्रम बरामद

उदयपुर, १५ असोज । उदयपुर प्रहरीले शनिबार भन्सार छलेको १ लाख बराबरको प्लाष्टिकको ड्रमहरु बरामद गरेको छ ।
प्रहरी चौकी बेलस्रोतबाट खटिएको प्रहरीको टोलीले बिहान १०ः३० बजे चेक जाँच गर्ने क्रममा ना२ख ५३२४ नम्बरको विरगञ्जबाट कटारीतर्फ ल्याउँदै गरेको ३० देखि ४० लिटरका ७०० वटा खाली प्लाष्टिकको ड्रमहरु बरामद गरेको हो । बरामद सामान तथा ट्रक, चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।