• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कतारमा मृत्यु भएका खत्वे परिवारलाई हेल्प मधेशीको सहयोग

कतारमा मृत्यु भएका खत्वे परिवारलाई हेल्प मधेशीको सहयोग

राजविराज, १५ असोज । कतारमा कार्यरत मधेशीहरुको समुह हेल्प मधेशीले आफ्ना सहयोगी कार्यलाई निरन्तरता दिदै महोत्तरीको मनरा–२ हाल ईटहर्वाकट्टी ६ भोल्हीका बद्री मण्डल खत्वेका परिवारलाई आर्थिक सहयोग गरेको छ ।
प्रेस मञ्चका केन्द्रीय प्रतिनीधि तथा भुमि साप्ताहिकका कार्यकारी सम्पादक रञ्जन भण्डारी तथा आयोनका केन्द्रीय सचिव एवं शान्ति तथा विकासकालागि युवा सञ्जालका सल्लाहकार सत्येन्द्र यादवले संयुक्तरुपमा खत्वेका परिवारलाई हेल्प मधेशीले पठाएको सहयोग रकम ३२ हजार १३५ रुपैयाँ हस्तान्तरण गरेका छन । गत महिना मात्रै कतारमा राती सुतेकै अवस्थामा मृत्यु भएका खत्वेका ६ छोरी र १ छोरा रहेको तथा आर्थिकरुपले उनी निक्कै विपन्न हुदा हाल उहाको परिवारलाई हातमुख जोर्न समेत समस्या परेकोले कतारबाट हेल्प मधेशी समुहले एक एक रुपया सहयोग उठाएर सो रकम पठाएका थिए । help-madheshi-3
खत्वेका दुई छोरीको विहे भैसकेको र अन्य एक छोरी विहे गर्न योग्य भईसकेको तथा अन्य छोरीहरु अहिले घरमै रहेको र छोरा सुरज अहिले मनरा स्थित सामुदायिक विद्यालयको कक्षा ३ मा अध्ययनरत रहेका छन् । मृतक खत्वेकी पत्नी लिला देवीले हेल्प मधेशी समुहले आर्थिक अवस्था नाजुक भएको वेला गरेको सहयोग अविस्मरणिय भएको भन्दै धन्यवाद दिएकी छिन् ।
यता रकम हस्तान्तर गर्ने बेला उपस्थित स्थानिय बुद्धिजिवी र नागरिक समाजले खत्वेका छोरालाई निशुल्क पढने व्यवस्था तथा छोरीहरुलाई सिलाई कटाई तालिम तथा सो परिवारलाई अन्य सहयोगको लागि समेत प्रयास गर्ने बताएका छन् । रकम हस्तान्तरण कार्यक्रममा ईटहर्वाकटटी प्रहरी चौकीका प्रमुख असई सुनिल यादव र ईटहर्वाकटटी शसस्त्र प्रहरी पोष्टका प्रमुख प्रहरी निरीक्षक एएम अधिकारीसमेत उपस्थित रहेका थिए ।