• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

दशैंदेखि छठसम्म सप्तरीमा विशेष सुरक्षा व्यवस्थापन रणनीति

दशैंदेखि छठसम्म सप्तरीमा विशेष सुरक्षा व्यवस्थापन रणनीति

राजविराज, १४ असोज । दशैं तिहार र छठको पर्वलाई मध्यनजर गर्दै सप्तरी प्रहरीले विशेष सुरक्षा ब्यवस्थापन रणनीति सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक भीम प्रसाद ढकालले जानकारी दिएका हुन् । चाडपर्वमा विकृति, बिसङ्गति, घटना, एवम् असुरक्षाजन्य परिस्थिति हुन नदिइ जिल्लालाई शान्तिपूर्ण बनाउन उनले बताए ।पुजा, मेला, जमघट, आवत जावतका कार्यक्रमहरुमा भरपर्दो शान्ति सुरक्षा र अमनचयन कायम गर्ने, चाडपर्बको अवसरमा प्रहरीसँग मिलेर जिल्लामा शान्ति सुरक्षा कायम गर्न अभिप्रेरित गर्ने, जिल्लामा पर्याप्त प्रहरी परिचालन गरी कुनैपनि घटनाहरु, हुलदङ्गा, मारपिट तथा अन्य घटनाहरु हुन नदिने उद्देश्यकासाथ सुरक्षा व्यवस्थापन योजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
उनका अनुसार दशै तिहार र छठ पर्वका अवसरमा हुने पुजा, जमघट, मेला आदी स्थानहरु र उपस्थिति हुने संख्याको बारेमा अग्रिम खबर संकलन गर्ने, स्थानिय धार्मिक, साँस्कृतिक कार्यक्रमहरुका आयोजकहरुसँग आवश्यक सम्पर्क र समन्वय गर्ने, मन्दिर मेलापर्ब लाग्ने ठाँउ, बिदाको समयमा बन्द हुने कार्यालयहरु, राजमार्गमा आवत जावत हुने सवारी साधन आदीको सुरक्षाकोलागि पर्याप्त सुरक्षाकर्मी खटाईने छ । यसैगरी घर, कोठा छोडेर चाड पर्व मान्न अन्यत्र जानेहरुको हकमा त्यस्ता घर, कोठाको सुरक्षा प्रबन्ध मिलाईने, सुरक्षा सचेतनाकालागी जिल्लाका प्रमुख बजार र ग्रामिण क्षेत्रमा १० हजारप्रति सुरक्षा सचेतनामुलक पर्चा बितरण गरिने, राजमार्गमा हुनसक्ने सवारी दुर्घटनालाई कमी ल्याउनका लागी हाल १० वटा पिकेट डिउटी रहेकोमा चाडपर्बलाई मध्यनजर गरी ७ वटा पिकेट डिउटी थप गरिने प्रहरी उपरीक्षक ढकालले जानकारी दिएका छन् ।
राजमार्गमा दैनिक मा.प.से. चेकिङ, मुख्य राजमार्गमा ५ वटा गाडी मोबाइल तथा ३ वटा मोटरसाईकलद्वारा नियमित गस्ती पट्रोलिङ, मुख्य राजमार्ग तथा सहायक राजमार्ग भएका भित्री बाटो र बजारक्षेत्रहरुमा जिप्रका तथा सम्बन्धित ईलाका प्रहरी कार्यालय, प्रहरी चौकी तथा सुरक्षा बेस क्याम्पहरुबाट नियमित गस्ति, पिकेट, चेकिङ, जुवातास बेश्याबृद्धी, मापसे, अश्लिल कार्यहरु नियन्त्रणकोलागि जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय (क) हरुबाट छुट्टै बिशेष टोली परिचालन गरिने, सिमाक्षेत्रमा हुनसक्ने अपराध र तस्करी रोक्न सिमाक्षेत्रमा प्रहरी ईकाईहरु २४ सै घण्टा कृयाशिल रहने, राजबिराज बजारको सुरक्षाकालागि थप पैदल गस्ति, मोबाइल गस्ती, पिकेट, तथा चेकिङ, मुख्य राजमार्ग, सहायक राजमार्ग र बजारहरुमा ट्राफिक प्रहरीलाई थप कृयाशिल बनाई परिचालन गरिने, बिष्फोटक पदार्थहरु र प्रयोगलाई नियन्त्रण गरिने, सवारी साधनहरुले सिट क्षमता भन्दा बढी यात्रु बोक्ने कार्यलाई नियन्त्रण गरिने, बजारमा कृत्रिम अभाव, कालोबजारी, मिसावट गर्ने कार्य नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सरोकारवाला सम्पुर्ण निकायहरुको संयुक्त टोलीले बजार अनुगमन गर्ने कार्य प्रभावकारी बनाईने प्रहरी उपरीक्षक ढकालले जानकारी दिएका छन्
बिस्तृत पढ्नुहोस्

मठ–मन्दिरहरुको बिशेष सुरक्षाः
१. सखडा मन्दिरः बिशेष गरेर घटस्थापना, पन्चमी, सप्तमीका दिनमा बढी भिड लाग्ने उक्त दिनहरुमा त्यस क्षेत्रमा सादा पोशाक तथा युनिफर्ममा समेत प्रहरीलाई परिचालन गरीने छ । मन्दिरको भित्री परिसर,बाहिरी परिसर,र आवत जावत गर्ने बाटो समेतमा गरी कुल १२५ जना प्रहरी परिचालन गरिने छ ।
२. कंकालीमाई मन्दिर (भारदह)ः घटस्थापना तथा नवदुर्गा पुजाका दिनमा पुजा अर्चना तथा मेला लाग्ने हुँदा उक्त दिन मन्दिरको भित्री परिसर,बाहिरी परिसर र आवत जावत गर्ने राजमार्ग समेतमा गरी कुल ७५ जना प्रहरी परिचालन गरिने छ ।
३.भगवति मन्दिर (राजबिराज)ःराजबिराजस्थित उक्त मन्दिरमा घटस्थापना तथा नवदुर्गापुजाका दिनमा पुजा अर्चना तथा दर्शनार्थीहरुको भिड हुने हुदा उक्त दिन मन्दिरको भित्री परिसर,बाहिरी परिसर,र आवत जावत गर्ने स्थानहरुमा समेतमा गरी कुल ३५ जना प्रहरी परिचालन गरिने छ ।
४.राजदेबी मन्दिर(राजबिराज)ः राजबिराज स्थित उक्त मन्दिरमा घटस्थापना तथा नवदुर्गा पुजाका दिनमा पुजा अर्चना तथा दर्शनार्थीहरुको भिड हुने हुँदा उक्त दिन मन्दिरको भित्री परिसर, बाहिरी परिसर,र आवत जावत गर्ने स्थानहरुमा समेतमा गरी कुल ३५ जना प्रहरी परिचालन गरिनेछ ।
५, खोला,ताल, पोखरी, मठमन्दिर (जिल्ला भरीका )( राजबिराज सदरमुकाम लगायत जिल्ला भरीका सबै खोला , ताल, पोखरी, हरुमा लाग्ने छठ मेलाको लागी छूट्टै ५७५ जना प्रहरी परिचालन गरिने छ ।
समष्ट जनशक्ति परिचालनः
सिन डिउटीको प्रकार कुल सख्या खटिने जनशक्ति
१ पैदल गस्ति १५वटा ७५ जना
२ गाडी मोबायल १० वटा ५० जना
३ पिकेट डिउटी ४१वटा २०५ जना
४ राजमार्ग चेकिङ ११ वटा ५५ जना
५ राजमार्ग गस्ति ६ वटा ३० जना
६ सादा पोशाक ७ वटा २१ जना
७ मापसेरजुवातास नियन्त्रण टोली ७ वटा ३५ जान
८ बिशेष चेकिङ ११ वटा ५५ जना
९ पर्चा बितरण टोली ४८ वटा १४४ जना
१० डिउटी अनुगमन टोली १५ वटा ७५ जना
कुल जम्मा १७१ वटा टोली ७४५ जना जनशक्ति