• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सवारी दुर्घटनामा दुई घाइते

उदयपुर, १३ असोज । उदयपुरको त्रियुगा–११ मा बिहीबार गाईघाटबाट विराटनगरतर्फ जाँदै गरेको ना४ख ३२२७ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको को१च ६४९५ नम्बरको भ्यान आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा भ्यनका चालक सिरहा बस्तिपुर–६ बस्ने बिनोद साह र बसमा सवार १ यात्रु रहेका छन् । घाइते दुबैलाई उपचारकोलागि लहान पठाइएको प्रहरी चौकी लालपत्ताले जनाएको छ ।