ताप्लेजुङ, १३ असोज । ताप्लेजुङको फुलबारी–२ डाँडाटोलका अन्दाजी ६० बर्षिय खडग बहादुर श्रेष्ठ बुधबार मृत अवस्थामा भेटिएको छ ।
मंगलबार दिउँसो १ बजेतिर घरबाट घाँस काट्न भनी हिडेका श्रेष्ठ घर नफर्किए पछि खोजी गर्ने क्रममा घरदेखि अन्दाजी पाँचसय मिटर टाढा मृत अवस्थामा भेटिएका हुन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय दोभानबाट प्रहरीको टोली खटिगई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।