• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सय लिटर घरेलु मदिरा नष्ट

ओखलढुङ्गा, १३ असोज । प्रहरीले ओखलढुङ्गामा सय लिटर घरेलु मदिरा नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले घरेलु मदिरा नियन्त्रण अभियान अन्तर्गत सदरमुकाम तथा आसपासका गाविसहरुबाट बिक्री वितरण गर्दै गरेको अवस्थामा एक सय लिटर घरेलु मदिरा बरामद गरेको थियो । बरामद गरिएको मदिरा स्थानिय नागरिक समाज, बुद्धिजिवी र पत्रकारहरुको उपस्थितीमा नष्ट गरिएकोे छ ।