खोटाङ, १३ असोज । खोटाङको दिक्तेल ५ मा च्याउ खाएर एकै परिवारका पाँचजना बिरामी भएका छन् ।
स्थानीय ३७ बर्षिय बलराम राईले आफ्नै बारीबाट ल्याएको च्याउ खाँदा उनीलगायत ३४ बर्षिया कला राई, १५ बर्षिय रुपन राई, १० बर्षिय युमन राई र ७ बर्षिया युनिका राई बिरामी परेका हुन् । बिरामी पाँचैजनाको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको छ ।