वीरगञ्ज १२ असोज । नेपाली कांग्रेसकी नेतृ एवं शान्ति तथा पुर्ननिर्माण मन्त्री सीता देवी यादवले संविधानमा रहेको त्रुटीलाई संशोधनमार्फत सम्बोधन गरी देशलाई निकास दिन सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।
बडा दशैं, तिहार तथा छठ पर्वको अवसरमा नेपाली कांग्रेस वीरगञ्ज नगर कार्यसमितिद्वारा बुधवार आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएकी हुन् । मन्त्री यादवले मुलुकमा दिगो शान्ति स्थापनाका लागि संविधानमा सबैको समान अधिकार स्थापित गर्नुपर्ने बताईन् । विभेद रहित समाज निर्माणमा सबै राजनैतिक दलहरुको साझा प्रयास आवश्यक रहेको कुरामा जोड दिदै समृद्ध नया“ नेपाल निर्माणकालागि दलहरु जुट्नुको विकल्प नरहेको उनले दावी गरिन् । 
नेपाली कांग्रेसकी कोषाध्यक्ष्ँ समेत रहेकी मन्त्री यादवले संविधान निर्माणपछि त्यसको कार्यान्वयन र मुलुकको समृद्धिकालागि सरकारले सबैलाई समेटेर अगाडि बढ्ने बताईन् । नेपाली कांग्रेस वीरगञ्ज नगर कार्यसमितीका अध्यक्ष्ँ भोला प्रसाद कलवारको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुर्व सांसद एवं कांग्रेस नेता अजय द्विवेदी पुर्व सभासदद्वय ओमप्रकाश शर्मा, रामेश्वर रौनियार, पुर्व जिविस सभापति जनार्दन सिंह क्ष्ँेत्री, नेपाली कांग्रेस पर्साका सचिव अशोक जैसवाल, पुर्व उपसभापति दिनाप्रसाद गुप्ता, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवं मधेश विभाग प्रमुख विजय कुशवाहा, जिल्ला अध्यक्ष्ँ रामनारायण कुर्मी नेपाल तरुण दलका केन्द्रिय सदस्य नविन सिंह, जिल्ला अध्यक्ष विरेन्द्र पटेल, नेपाली कांगे्रस पर्साका क्षेत्रिय सभापतिहरु विजय सर्राफ, अरविन्द गुप्ता, मृत्युन्जय श्रीवास्तव, रमेश पाण्डे, लगायतका वक्ताहरुले आ–आफनो शुभकामना मन्तब्य व्यक्त गरेका थिए भने कार्यक्रको सहजीकरण नगर सचिव संतोष सिंहले गरे ।